मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा तीन जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- १४ पौष बुधबार, २०७८ | १२:००:०० मा प्रकाशित

झापा । मोटरसाइकल दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दमकमा हिजाे राती भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको हाे ।
दमक नगरपालिका वडा नं . २ भाङबारीमा भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरिक्षक एवं डिएसपी नवराज थापाले जानकारी दिएका छन् ।
प्रहरीका अनु्सार मंगलबार राती करिब ११ बजे प्र१–०२–०४३प ६९२६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किएको र तीनैजना एउटै मोटरसाइकलमा रहेको प्रहरीको भनाइ छ । हामीले दुर्घटना भएको थाहा पाउनासाथ त्यहाँ पुग्दा ३ जनाको नै मृत्यु भइसकेको थियो । स्थानीयहरु सबै सुतिसकेकाले राति स्थानीयको सहयोगमा मुचुल्का बनाएर शव उठाइएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक खोटाङ चिसापानी ४ का २३ वर्षीय अनिल वि.क, चितवन राप्ती ४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुइँखोला ३ का १९ वर्षीय अनिल लामगादेको मृत्यु भएको जनाइएको छ । उनीहरु दमकमा सुन पसलमा कालिगढको रुपमा काम गर्दै आएको बुझिएको पनि प्रहरीको जनाएकाे छ ।
तीनजना सवार रहेको मोटरसाइकलको तीब्र गति रहेका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान रहेको प्रहरी भनाइ छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस