अध्यक्ष दाहालकाे दस्तावेजमा राम कार्कीको पूरक प्रस्ताव (पूर्ण पाठसहित)
- गाउँ सहर संवाददाता
- १३ पौष मंगलबार, २०७८ | १३:४१:०० मा प्रकाशित

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको आठौं महाधिवेशनमा प्रस्तुत गरेको राजनैतिक दस्तावेजमाथि माओवादीकै अर्का नेता राम कार्कीले पूरक प्रतिवेदन पेश गरेका छन् ।
सोमबारदेखि सुरू भएकाे बन्दसत्रमा अध्यक्ष दाहालले २१औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको राजनैतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि अहिले २५ समूहमा छलफल भइरहेको छ ।
कार्कीले संसदको उपयोग गर्ने नाममा क्रान्तिकारी कम्युनिष्टहरु संसदवादमा भासिएको उल्लेख गर्दै पार्टीले आफ्नो गतिविधिलाई चुनाव लड्ने र सरकार बनाउने गतिविधिमा बन्धक बनाउनु नहुने उल्लेख गरेका छन् ।
१२ पृष्ठ लामो प्रतिवेदनमा नेता कार्कीले ‘केही पूरक, केही नवीन धारणाहरू’ शीर्षकमा आफ्नो प्रतिवेदन पेश गरेका हुन् । यसमा प्रतिवेदनमा दलाल पुँजीवाद समाप्त गरेर राष्ट्रिय पुँजीवाद कायम गर्ने भन्नु यथास्थितिमै रमाइरहने सोच भएको उल्लेख गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस