नेप्सेमा ६९.७७ अंककाे गिरावट, ५ अर्ब ६० करोड ७४ लाख बराबरको कारोबार
- गाउँ सहर संवाददाता
- १२ पौष सोमबार, २०७८ | १५:१८:०० मा प्रकाशित

काठमाडाैं । नेप्सेमा साताको कारोबारका दोस्रोे दिन सोमबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ६९.७७ अंकले घटेर दुई हजार पाँच सय २१ दशमलब ६५ विन्दुमा पुगेको हो । आइतबार नेप्से ७१.२० बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेको थियो ।
कोरोबार रकममा भने बृद्धि भएको छ । आज ५ अर्ब ६० करोड ७४ लाख बराबरको कारोबार भएको छ । आइतबार ५ अर्ब १७ करोड ३२ लाख बराबरको कारोबार भएको थियो ।
आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा गोर्खाज फाइनान्स र मध्यभोटेकोशी जलविद्युत कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेकाे नेप्सेले जनाएकाे छ ।
नेप्सेका अनुसार आज जोशी हाइड्रो र घलेम्दी हाइड्रो कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस कम्पनीको आज ३० करोड ६० लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस