माओवादीकाे महाधिवेशनमा शुभकामना दिन पुगेका एमाले महासचिव शंकर पाेखरेलले के भने ?
- गाउँ सहर संवाददाता
- ११ पौष आइतबार, २०७८ | १७:३९:०० मा प्रकाशित
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले तत्कालीन नेकपाको एकताको जोगाउन नसक्दा आफूलाई पछुतो भएको बताएका छन् ।
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै पोखरेलले कार्यनीतिमा देखिएको भिन्न मतका कारण नेकपाको एकताले निरन्तरता पाउन नसकेकाे बताएका हुन् ।
‘कार्यनीति र स्वार्थको प्रश्नमा अल्झिएका कारण हाम्रा महान उद्देश्यहरु प्रभावित भएका छन् । नेकपा गठनको उद्देश्य सही थियो । नेकपाको एकता जोगाउन नसकिएकोमा मलाई पछुतो छ’, पोखरेलले भने ।
महासचिव पोखरेलले नेपालको वामपन्थी आन्दोलन सही दिशामा नभएको पनि टिप्पणी गरेका छन् ।
‘नेपाली वामपन्थी आन्दोलन सही दिशामा छैन । कार्यनीतिमा देखिएको फरक मतका कारण हामी बोल्नै छोडेका छौं । नेताहरुको अन्तरकलहमा आधारित नीति बनाउने र त्यसैमा बहकिने प्रवृत्तिबाट वाम आन्दोलन अगाडि बढ्न सक्दैन’, पोखरेलले भने ।
जनतामा जाने काम प्रतिगमन नभएको भन्दै उनले नेकपा एकता टुटे पनि जनतामा जान सक्नुपर्ने बताए ।
उनले हालसम्म राज्यमा भएको उपलब्धि कुनै एक दलले दिलाएको उपलब्धि मात्र नभएको पनि बताए । १२ बुँदे सहमति दोस्रो जनआन्दोलन संविधान निर्माण र संघीयताको विजारोपण सामूहिक प्रयासमा भएको उनले बताए ।
उनले राष्ट्रिय स्वाधीनता र परराष्ट्र मामिलाका सन्दर्भमा नेपालका सबै राजनीतिक दलहरु एकै कित्तामा उभिनुपर्नेमा जोड दिए । ७ दशकदेखि नेपालमा पटक–पटक राजनीतिक क्रान्ति भएनपनि परिवर्तनको प्रत्याभूति दलाउन नसकिएको बताए ।
‘राजनीतिक क्रान्ति गर्न सक्यौ तर परिवर्तन र समृद्धिको एजेण्डालाई अगाडि बढाउन सकेनौं । यसमा भएका कमजोरीबारे सबै दलहरुले आत्मसमिक्षा गर्नुपर्छ’, पोखरेलले भने ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
प्रतिकृया दिनुहोस