गाउँ सहर

बलात्कार आरोपमा वकिल पक्राउ

काठमाडाैं । महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले  एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको बनगाड गाउँपालिका वडा नम्बर ४ बस्ने ३० बर्षका वकिल  रोकायलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।

राेकायले रुकुम पश्चिमकी एक महिलालाई जबरजस्ती करणी गरेको जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ध्रुवकुमार श्रेष्ठले बताएका छन् । रोकायले विवाह गर्ने प्रलोभन देखाई गत कार्तिक महिनामा ती महिलालाई बलात्कार गरेको जनाइएकाे छ । 

यस सम्बजन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ । 

गाउँ सहर संवाददाता