कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
- गाउँ सहर संवाददाता
- ६ पौष मंगलबार, २०७८ | १०:४६:०० मा प्रकाशित

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आज अपराह्न १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकअघि सभामुखले कार्यव्यवस्थाको बैठक बोलाएका हुन् । बिहान ११ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुखको सचिवालयले जनाएको छ ।
बैठकमा संसद्को कार्यसूचीलगायत विषयमा छलफल हुने सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन् । सभामुखले आवश्यक ठानेको अवस्थामा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने व्यवस्था छ । समितिमा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मालिमामन्त्री, प्रमुख प्रतिपक्षीसहित विभिन्न दलका प्रमुख सचेतकको सहभागिता रहन्छ । समितिमा बैठकको कार्यसूची, आगामी बैठकलगायत विषयमा छलफल हुनेछ ।
प्रमुख प्रतिपक्षी दल एमालेको निरन्तरको अवरोधका कारण संसद्को कामकारबाही प्रभावित हुँदै आएको छ । एमालेले आफूले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना टाँस नभएसम्म बैठक अवरुद्ध पार्ने बताउँदै आएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस