श्रीभण्डार पट्नेरी बहुउदेश्यीय सहकारीको चुक्ता पूँजी दुई करोड ६२ लाख
- गाउँ सहर संवाददाता
- ४ पौष आइतबार, २०७८ | १२:५६:०० मा प्रकाशित

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको श्रीभण्डार पट्नेरी बहुउदेश्यीय सहकारी सस्थाको चुक्ता पूँजी दुई करोड ६२ लाख २७ हजार तिन सय तीन पुगेको छ ।
श्रीभण्डार पशुपालन बहुउदेस्यी सहकारी सस्था र तत्लोे पट्नेरी कृषि सहकारी सस्थाका विच एकीकरण भई कुल चार सय ३१ सेयर सदस्यहरुबाट गत र्आिथक वर्षको तुलनामा ९.५८ प्रतिशतले बृद्धि गरी चुक्ता पूँजी दुई करोड ६२ लाख २७ हजार तिन सय तीन पु¥याउन सफल भएको कोषाध्यक्ष सपना पौडेलले वताइन् ।
यसैविच सस्थाको २० औ वार्षिक साधारण सभा तथा नवौं अधिवेशने सनिवार उद्घाटन गर्दै वडा नं २९ का वडाअध्यक्ष चेत बहादुर गुरुङले छरिएर रहेको पूँजी लाई एकिकृत गरी सेयर सदस्यको आय आर्जन वढाउने क्षेत्रमा लगानी वढाउनु पर्ने सुझाव राख्दै सहकारीले पैसाको मात्र कारोवार नगरी कृषिको माध्यमबाट उत्पादनमा जोडिनु पर्ने धारणा राखेका थिए ।
सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका उप महासचिव जानुका अधिकारीले सहकारीले ब्यवसायिक रुपमा उत्पादनसिल क्षेत्रलाई प्रथामिकता दिनु पर्नेमा जोड दिइन् हिमाल डेरीका संचालक शिवहरि आचार्य र सेयर सदस्य दिपकमणि भण्डारीले सहकारीले पशुपालनका क्षेत्रमा ठोस कार्ययोजना बनाएर अगाडि वढ्नु पर्ने सुझाव राखे ।
सस्थाका अध्यक्ष पदमप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष एकनारायण अधिकारीले धन्यवाद र सचिव शक्तिवल्लभ ढकालले कार्यक्रम संचालन गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस