राजनीति

काग्रेस महाधिवेशन : खुला केन्द्रीय सदस्यतर्फको बाँकी मतगणना सुरू

काठमाडाैं । कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको बाँकी रहेको मतगणना सुरू भएको छ । शनिबारसम्म २३९३ मत गणना गरेर स्थगित मत गणना केहीबेर अघि सुरू भएको हो ।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार शनिबार दिउँसो १२ बजेदेखि सुरू भएको मतगणना राति ११ बजेसम्म गरिएको थियो ।

खुला केन्द्रीय सदस्यतर्फ ४६८२ मत खसेको छ । 

हालसम्म २३९३ मत गणना हुँदा निवर्तमान महामन्त्री डा. शशांक कोइराला १९७१ मतसहित पहिलो नम्बरमा छन् । उनले  सुरूदेखि नै अग्रता लिइराखेका छन् । यस्तै, १५३८ मतसहित एनपी साउद दोस्रो नम्बरमा छन् भने १५०७ मतसहित बालकृष्ण खाण तेस्रो नम्बरमा छन् ।

त्यस्तै, चौंथोमा रमेश लेखक र पाचौंमा उदयशमशेर राणा छन् । लेखकको १४५२ तथा राणाको १४४५ मत छ ।

गाउँ सहर संवाददाता