काठमाडाैं उपत्यका लगायत देशभर चिसाे बढ्याे, तराईका विभिन्न जिल्लामा शितलहर
- गाउँ सहर संवाददाता
- ४ पौष आइतबार, २०७८ | ०७:२६:०० मा प्रकाशित

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही सुदूरपश्चिम, लुम्बिनी प्रदेशका तराइका केही र बाँकी प्रदेशका तराईका भू-भागका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ । तथापी हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन ।
काठमाडौंको आज बिहानको तापक्रम ३.४ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजेको तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।
उनका अनुसार आज काठमाडौंमा मौसम बदली हुनेछ । तापक्रम अझै घट्दै जाने उनले बताइन् । “तापक्रम अझै घट्दै जानेछ,” मौसमविद् शाक्यले जानकारी दिइन् । शनिबार काठमाडौं उपत्यकाको तापक्रम यो वर्षको आजसम्मकै न्यून २.६ डिग्री सेल्सियस रहेको थियो ।
तराईका विभिन्न जिल्लामा आज पनि शितलहर चलेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा हुस्सु र कुहिरो लागेको छ । मध्याह्नसम्म हुस्सु र कुहिरो हट्ने उनले जानकारी दिइन् ।
देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
जुम्लाको सबैभन्दा कम माइनस ५.३ डिग्री सेल्सियस रहेको छ ।
केही क्षेत्रमा आज पनि हिमपातको सम्भावना रहेको छ । प्रदेश १ र वाग्मती प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस