राजनीति
कांग्रेस सहमहामन्त्रीमा किशोर सिंह राठौर र फरमुल्लाह मन्सुर विजयी
- गाउँ सहर संवाददाता
- २ पौष शुक्रबार, २०७८ | १६:०७:०० मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन् ।
शुक्रबार सकिएको मतगणनामा देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएका हुन् ।
निर्वाचित रठौरले २५७६ मत प्राप्त गरेका छन् भने अर्का उमेदवार देवराज चालिसेले २०५९ मत ल्याएका छन् । निर्वाचित रठौर देउवा प्यानलबाट उमेदवार बनेका थिए ।
त्यसैगरि, सहमहामन्त्रीमा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा शेख वकिललाई पराजित गर्दै फरमुल्लाह निर्वाचित भएका हुन् ।
कुल ४६८६ मत मध्ये मन्सुरले २७७६ मत पाएका थिए। शेखर कोइराला प्यानलका शेख वकीलले १८७१ मत पाएका थिए।
फरमुल्लाह देउवा र शेख कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस