देउवालाई प्रकाशमान र निधिकाे समर्थन, शेखर समूह छलफलमा
- गाउँ सहर संवाददाता
- २८ मङ्सिर मंगलबार, २०७८ | १२:१८:०० मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।
पहिलो चरणमा सिंह र निधि पनि सभापति पदका उम्मेदवार थिए । पहिलो चरणमा देउवाले सबैभन्दा बढी मत ल्याए पनि ५० प्रतिशत मत कटाउन भने सकेनन् ।
भेटपछि पत्रकारहरूसँग कुरा गर्दै नेता सिंहले भने, ‘हामीले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने निर्णय गरेका छौं ।’
उनले अगाडि भने, ‘नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर हामी प्रतिस्पर्धामा उत्रिएका हौं । देशभरीका बहुमत महाधिवेशन प्रतिनिधिले देउवाजीको पक्षमा मत जाहेर गरे । देउवाजीले मलाई सहयोग गर्न भन्नुभएको छ । विधान संशोधन र पार्टीमा भइरहेका कमिकमजोरी सच्याउने प्रतिवद्धता जाहेर गर्नुभएको छ । पार्टीभित्र सुधार ल्याउन र देउवाले कार्यशैली परिवर्तन गर्नुपर्नेछ ।’
निवास पुगेका देउवासँगको छलफलपछि निधिले देउवालाई नै समर्थन गर्ने निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसको सभापति चयनका लागि फेरि हुने चुनावमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गरेपछि प्रतिस्पर्धी शेखर कोइरालाको समूह दोस्रो चरणको चुनावमा जाने किन नजाने भनेर छलफल गरिहेका छन् ।
छलफल होटल मेरिटमा जारी छ ।
प्रकाशमानले देउवलाई सहयोग गर्ने घोषणा गरेपछि अब दोस्रो चरणमा उठ्ने कि न उठ्ने विषयको छलफल भइरहेको स्रोतले जनाएको छ ।
छलफलमा डा मीनेन्द्र रिजाललगायत शेखर काेइराला समूहका नेता सहभागी छन् ।
दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ । सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरेकाले देउवा सभापतिमा निर्वाचित हुने लगभग पक्का भएको छ । पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएका थिए ।
३७१ मत पाएर तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, २५० मत पाएर चौथो स्थानमा विमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ सभापति पदको दोस्रो चरणको निर्वाचनबाट आउट भएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस