कांग्रेस महाधिवेशन : सुरक्षाका लागि ५ हजार माथि प्रहरी परिचालित
- गाउँ सहर संवाददाता
- २४ मङ्सिर शुक्रबार, २०७८ | १२:१०:०० मा प्रकाशित
काठमाडाैं । आजदेखि सुरु हुने नेपाली कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशनलाई मध्यनजर राख्दै नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्था मिलाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले महाधिवेशनका लागि थप मद्दतसहिको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिएका हुन् ।
उनका अनुसार उपत्यकाका तीनै जिल्लामा प्रहरीले आवश्यकतानुसार सुरक्षा सतर्कता बढाएको छ । थप टोलीसमेत खटाइएको छ । मुख्यगरी महानगरीय प्रहरी कार्यालयको नेतृत्वमा आज उपत्यकामा सुरक्षा प्रबन्ध गरिएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले महाधिवेशनलाई मात्रै केन्द्रित गरेर पाँच हजार बढी प्रहरी खटाइएको जानकारी दिएका छन् ।
कार्यक्रमस्थलाई तीन घेरामा सुरक्षा व्यवस्था मिलाइएको र चक्रपथ तथा उपत्यका प्रवेश नाकाका लागि छुट्टै घेरामा प्रहरी परिचालन गरिएको छ । कार्यक्रमस्थलको प्रवेश विन्दुमा प्रविधिको प्रयोग गरेर परीक्षण तथा आवश्यक सुरक्षा व्यवस्थापन गरिएको उनले जानकारी दिए ।
ठाउँठाउँमा सिसीक्यामेरा जडान गरिएको र त्यसको नियन्त्रण तथा अनुगमन महानगरीय प्रहरी कार्यालय र नगर प्रहरीले गर्ने गरी व्यवस्था मिलाइएको छ । प्रवक्ता राठौरका अनुसार ड्रोन क्यामेराको समेत प्रयोग गरेर निगरानी हुने छ । प्रतिनिधि बस्ने सुन्धारा, ठमेललगायत ठाउँमा समेत चौबीसै घण्टा सुरक्षाकर्मी रहने गरी व्यवस्थापन गरिएको छ ।
भिभीआइपी र भिआइपीको रुटमा छुट्टै सुरक्षा प्रबन्ध गरिएको छ । महाधिवेशन सुरक्षाका लागि सादा पोशाकमा पनि प्रहरी परिचालित हुने छन् । पैदल, मोबाइल गस्ती नियमित रहने छन् । आवश्यक थप मद्दत टोलीसमेत व्यवस्थापन गरिएको जनाइएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मधेशी युवालाई वक्ताहरूको आह्वान : अब अरूको मुख नताकौँ, आफैँ नेतृत्व गरौँ
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
प्रतिकृया दिनुहोस