स्वास्थ्य

ॐ चाबहिल डेन्टलले अब काेटेश्वरमा पनि सेवा सुरू गर्ने

काठमाडाैं । ॐ चाबहिल डेन्टल अस्पतालले शाखा विस्तार गर्ने भएकाे छ । 

सेवाग्राहीकाे सुविधाकाे लागि ॐ चाबहिल डेन्टलले काेटेश्वर चाेकमा शाखा खाेल्न लागेकाे हाे । 

विगत १० वर्षदेखि चाबहिल चाेकमा गुणस्तरीय सेवा सेवा सञ्चालन गर्दै आइरहेको डेण्टलले काेटेश्वरमा शाखा खाेल्न लागेकाे अध्यक्ष कृष्ण घिमिरेले जानकारी दिए ।

छाेटाे समयमै सेवाग्राहीकाे मन जित्न सफल भएकाेले धेरैजनाकाे अनुराेधमा काेटेश्वरमा शाखा सञ्चालनकाे तयारी भइरहेकाे प्रबन्धक निर्देशक अनिल शर्माले बताए ।

डेन्टलले विभिन्न जिल्लाका स्थानीय तहसम्म पुगेर स्थानीय तहका संघ संस्थाको सहकार्यमा दन्त शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेत गराउँदै आएको छ ।

 

गाउँ सहर संवाददाता