ओरालोकाे ओरालो शेयरबजार यात्रा, लगानीकर्ता हुनथाले निराश
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर बुधबार, २०७८ | १५:३०:०० मा प्रकाशित

काठमाडौं । निरन्तर ओरालोकाे ओरालो हुन थालेपछि शेयरबजारका लगानीकर्ता निराश हुन थालेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथोे दिन आज बुधबार पनि दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ५३.१० अंकले घटेर दुई हजार ४ सय ५५ दशमलब ८१ विन्दुमा थामिएको हो ।
त्यस्तै, आज कारोबारसँगै इन्डेक्स पनि घटेको छ । आज २ अर्ब ६६ करोड ३९ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका ७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै, एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज सामुदायि लघुवित्त र एकसेल डेभलपमेन्ट बैंकको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशत भन्दा बढीले घटेको छ ।
यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावरको भएको छ । यस बैंकको आज ११ करोड ८८ लाख भन्दा बढीको कारोबार भएको छ ।
बजारले आफ्नो पुरानै गतिलाई छोडन सकेको देखिएन । बजारमा आएको उच्च गिरावटले अन्ततः बियरिस ट्रेन्ड समाउने हो की भन्ने लगानीकर्ताको चिन्तालाई अझ बढी प्रश्रय दिएको जानकार लगानीकर्ताहरुको भनाई छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस