थप्पडकाे बदला घाँटीमा सलले कँसेर हत्या
- गाउँ सहर संवाददाता
- २० मङ्सिर सोमबार, २०७८ | १४:०३:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले श्रीमाती हत्या गरेको आरोपमा श्रीमानलाइ पक्राउ गरेकाे छ । ललितपुरको कुपन्डोलमा श्रीमाती हत्या गरेको आरोपमा श्रीमान पक्राउ गरिएकाे हाे ।
ललितपुर प्रहरी परिसरको टोलीले प्राविधिक अनुसन्धानपछि मृतकका श्रीमान ३५ वर्षीय एक्काराज भुजेललाई पक्राउ गरेको जनाएकाे छ । भुजेलले मंसिर १६ गते कोठामा श्रीमती जानुका मृत भेटिएको भन्दै छिमेकीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो ।
ललितपुर प्रहरी प्रवक्ता प्रज्वल महर्जनले एक्काराजले श्रीमतीको घाँटीमा सलले कँसेर हत्या गरेको बताएका छन् । उनका अनुसार एक्काराज मदिरा सेवन गरी दिउँसो कोठा पुगेका थिए । आफूलाई श्रीमतीले थप्पड हिर्काएकाे भन्दै एक्काराम श्रीमतीमाथि जाई लागेका थिए ।
‘काम गर्नु छैन, जाँडमात्र खानु हुन्छ भनेर श्रीमतीले रिस पोखेकी रहिछन् । त्यहीबेला एक्काराजले घाँटी कँसेको पाइएको छ’, एसपी महर्जनले भने। घटनाका बेला उनीहरुका तीनैजना सन्तान स्कुल गएका थिए। मृतकका १६ वर्षीया छोरी तथा ९ र ६ वर्षका छोरा छन् । भुजेल दम्पत्ती ज्यामी काम गर्दै आएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस