थप्पडकाे बदला घाँटीमा सलले कँसेर हत्या
- गाउँ सहर संवाददाता
- २० मङ्सिर सोमबार, २०७८ | १४:०३:०० मा प्रकाशित

काठमाडाैं । प्रहरीले श्रीमाती हत्या गरेको आरोपमा श्रीमानलाइ पक्राउ गरेकाे छ । ललितपुरको कुपन्डोलमा श्रीमाती हत्या गरेको आरोपमा श्रीमान पक्राउ गरिएकाे हाे ।
ललितपुर प्रहरी परिसरको टोलीले प्राविधिक अनुसन्धानपछि मृतकका श्रीमान ३५ वर्षीय एक्काराज भुजेललाई पक्राउ गरेको जनाएकाे छ । भुजेलले मंसिर १६ गते कोठामा श्रीमती जानुका मृत भेटिएको भन्दै छिमेकीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो ।
ललितपुर प्रहरी प्रवक्ता प्रज्वल महर्जनले एक्काराजले श्रीमतीको घाँटीमा सलले कँसेर हत्या गरेको बताएका छन् । उनका अनुसार एक्काराज मदिरा सेवन गरी दिउँसो कोठा पुगेका थिए । आफूलाई श्रीमतीले थप्पड हिर्काएकाे भन्दै एक्काराम श्रीमतीमाथि जाई लागेका थिए ।
‘काम गर्नु छैन, जाँडमात्र खानु हुन्छ भनेर श्रीमतीले रिस पोखेकी रहिछन् । त्यहीबेला एक्काराजले घाँटी कँसेको पाइएको छ’, एसपी महर्जनले भने। घटनाका बेला उनीहरुका तीनैजना सन्तान स्कुल गएका थिए। मृतकका १६ वर्षीया छोरी तथा ९ र ६ वर्षका छोरा छन् । भुजेल दम्पत्ती ज्यामी काम गर्दै आएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस