गाउँ सहर
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
- गाउँ सहर संवाददाता
- १९ मङ्सिर आइतबार, २०७८ | १६:२६:०० मा प्रकाशित

काठमाडौं । झापामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।
दमक नगरपालिका वडा नम्बर १० की ४९ वर्षीया घनादेवी आचार्यलाई श्रीमान ४५ वर्षीय रामकुमार लिम्बूले कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मंसिर १६ गते घनादेवीलाई उनको श्रीमानले कुटपिट गर्दा घाइते भएकी थिइन् ।
उनलाई उपचारको लागि विराटनगरको नोबेल अस्पताल लगिएको थियो ।
उनको त्यहाँ उपचार हुन नसकेपछि चिकित्सकको सल्लाह अनुसार घर फर्काउने क्रममा शुक्रबार राति मृत्यु भएको कार्यालयले जनाएको छ ।
कुटपिटमा संलग्न लिम्बूलाई ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस