स्रोत नखुलेको साढे ६९ लाखसहित दरबारमार्गबाट बिइङ ह्युमनका म्यानेजर प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- १९ मङ्सिर आइतबार, २०७८ | १४:४९:०० मा प्रकाशित

काठमाडौं । प्रहरीले दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलबाट स्रोत नखुलेको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर १ दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलबाट एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिएका छन् ।
प्रहरीले त्यस पसलका म्यानेजर हिरोसी खनाललाई नियन्त्रणमा लिएको उनले बताए ।
मैनालीका अनुसार दरबारमार्ग क्षेत्रमा स्रोत नखुलेको रकम लुकाएर राखेको भन्ने सूचना प्रहरीले पाएको थियो। सो सूचनाको आधारमा प्रहरीको टोली गत शुक्रबार खटिएको थियो ।
टोली बिइङ ह्युमनको कपडा पसलमा पुगेर चेकजाँच गर्दा त्यहाँ ६९ लाख ५० हजार नगद फेला पारेको थियो। म्यानेजर हिरोसी खनालले स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
उनीमाथि थप अनुसन्धान तथा कारवाहीको लागी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाएको छ ।
उनीबाट एक हजारका दरले १०० वटा भएको ४९ लाख रुपैयाँ, ५००का दरको १०० वटा भएको २० लाख ५० हजार रुपैयाँ र बिइङ ह्युमनको निलो रंगको झोला बरामद गरेको प्रहरीले बताएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस