आज ६ प्रदेशमा कांग्रेसको नयाँ नेतृत्व चयन
- गाउँ सहर संवाददाता
- १८ मङ्सिर शनिबार, २०७८ | १३:११:०० मा प्रकाशित

काठमाडाैं । कांग्रेसले आज प्रदेश-२ बाहेक ६ प्रदेशमा प्रदेशस्तरीय नयाँ नेतृत्व चयन गर्दैछ ।
हिजाे प्रदेश समितिका लागि पदाधिकारी तथा सदस्यका लागि मनोनयन दर्ता भइसकेकाले आज मतदान गर्ने कार्यतालिका छ । मुलुक संघीय संरचनामा गएपछि कांग्रेसले पहिलोपटक प्रादेशिक संरचनाको कार्यसमिति बनाउन लागेको हो ।
प्रदेश-१ मा संस्थापन पक्ष र सिटौला पक्षको संयुक्त उम्मेदवार र पौडेल समूहबीच प्रतिस्पर्धा हुँदैछ । संस्थापन र सिटौला पक्षबाट उद्धव थापा सभापतिका उम्मेदवार छन् भने उनलाई पौडेल पक्षका सभापतिका उम्मेदवार गुरूराज घिमिरेले चुनौती दिएका छन् ।
यस्तै बाग्मती प्रदेशमा त्रिपक्षीय भिडन्त हुँदैछ । बाग्मती प्रदेशमा संस्थापनबाट सभापतिमा इन्द्र बाँनिया उम्मेदवार बन्दा पौडेल पक्षबाट जगदिशनरसिंह केसी र सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारी दिएका छन् ।
गण्डकी प्रदेशमा संस्थापनबाट सभापतिमा अर्जुन जोशीले उम्मेदवारी दिएका छन् भने उनलाई इतर पक्षबाट शुक्रराज शर्माले चुनौती दिएका छन् ।
त्यस्तै लुम्बिनीमा प्रदेशमा संस्थापनबाट सभापतिमा भरतकुमार शाह र इतरबाट अमर पुनले उम्मेदवारी दिएका छन् ।
कर्णाली प्रदेशमा संस्थापनबाट सभापतिमा ललितजंग शाहीले उम्मेदवारी दिएका छन् इतर पक्षबाट भुपेन्द्रजंग शाहीले उम्मेदवारी दिएका छन् । यहाँ विमलेन्द्र निधी पक्षधरबाट मोतिराज बमले उम्मेदवारी दिएका छन् ।
सुदूरपश्चिम प्रदेशमा संस्थापन इतर पक्षबाट नारायण मिश्र उम्मेदवार बनेका छन् भने संस्थापनबाट वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् ।
प्रदेशसभा अधिवेशनको कार्यतालिका परिवर्तन गर्दै १६ गते उद्घाटन र १७ गतेका लागि मनोनयन दर्ताका साथै १८ गते मतदान गर्ने कार्यतालिका बनाइएको थियो ।
प्रदेश सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री तथा सदस्य पदका लागि चुनाव हुनेछ । कोषाध्यक्ष भने मनोनयन गर्ने व्यवस्था गरिएको छ ।
प्रदेश दुईमा भने केन्द्रीय महाधिवेशन पछि मात्रै प्रदेशसभा अधिवेशन हुने छ ।
प्रदेशका केही जिल्लामा विवाद उत्पन्न भएपछि प्रदेश क्षेत्रीय अधिवेशन समेत हुन सकेको छैन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस