राजनीति

गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी शुल्क ९१ हजार

काठमाडाैं । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ । सभापतिको उम्मेद्वार शुल्क ३० हजार मात्रै भएको अवस्थामा प्रदेश अध्यक्षको उम्मेद्वारी शुल्क भने तेब्बर तोकिएको छ ।

उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँगिएको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क लाग्ने उल्लेख गरिएकाे छ ।

यस्तै उपसभापतिको उम्मेदवारले ६१ हजार, महामन्त्रीको उम्मेदवार ५१ हजार, सहमहामन्त्रीको उम्मेदवारले ४१ हजार र सदस्यको उम्मेदवारले ३१ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने उम्मेदवारी दस्तुरमा उल्लेख छ ।

 

गाउँ सहर संवाददाता