सर्वोच्च अदालतमा आजदेखि गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने
- गाउँ सहर संवाददाता
- १५ मङ्सिर बुधबार, २०७८ | ०७:०३:०० मा प्रकाशित

काठमाडाैं । न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्च अदालतमा आज (बुधबार)देखि गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको छ । यसअघि दैनिक रुपमा प्रधानन्यायाधीशले पेसी तोक्दै आएका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बाहेक सर्वोच्च अदालतका न्यायाधीशहरुको बसेको पूर्ण (फुल कोर्ट) बैठकले आजदेखि गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।
गोलाप्रथाबाट पेसी तोक्ने गरी अघिल्लो मंसिर २ गतेको फुल कोर्ट बैठकले सर्वोच्च अदालतको नियमावली संशोधन गरेको थियो। संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।
पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुसार न्यायाधीशहरूले गोटी (गोला) तानेर पेसी तोकिनेछ ।
मुद्दाको समूह बनाएर नम्बरको आधारमा न्यायाधीशहरूले गोला तान्नेछन्। गोला तानिसकेपछि पनि प्रमाणीकरण गर्नुपर्नेछ ।
अंक र अक्षर लेखिएका गोटीका माध्यमबाट न्यायाधीशले गोला तान्नेछन्। एकल, पूर्ण, बृहत् र पूर्ण इजलासका लागि छुट्टाछुट्टै गोला तान्नुपर्नेछ ।
गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने अभ्यास जिल्ला अदालतमा केही समय गरिए पनि पछि हटाइएको थियो ।
प्रधानन्यायाधीश जबरा न्यायिक विचलनमा परेका जस्ता आरोपसहित ८ कात्तिकदेखि इजलास बहिष्कार गरेका सर्वोच्चका न्यायाधीशहरू ३७ दिनपछि गोला प्रक्रियाको सुनिश्चितता पश्चात् इजलास फर्किंदै छन् ।
गोला प्रक्रिया सुरु भएपछि कुन मुद्दा कुन न्यायाधीशको इजलासमा पर्छ भन्ने निर्क्योल संयोगका आधारमा हुनेछ । जसका कारण इजलास गठन गर्दा पहिल्यै सेटिङ गरेको भन्ने आरोपबाट न्यायालय जोगिनेछ । साथै यो सम्पूर्ण प्रक्रिया हरेक दिन अदालतमा उपस्थित सबै न्यायाधीश, मुख्य रजिस्ट्रार, रजिस्ट्रार तथा सूचना–प्रविधि विज्ञहरूको समेत उपस्थितिमा हुने भएकाले इजलास गठनमा पारदर्शिता कायम हुनेछ । जसका कारण अदालतप्रतिको जनविश्वास बढ्ने अपेक्षा गर्न सकिन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस