सर्वोच्च अदालतमा आजदेखि गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने
- गाउँ सहर संवाददाता
- १५ मङ्सिर बुधबार, २०७८ | ०७:०३:०० मा प्रकाशित
काठमाडाैं । न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्च अदालतमा आज (बुधबार)देखि गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको छ । यसअघि दैनिक रुपमा प्रधानन्यायाधीशले पेसी तोक्दै आएका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बाहेक सर्वोच्च अदालतका न्यायाधीशहरुको बसेको पूर्ण (फुल कोर्ट) बैठकले आजदेखि गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।
गोलाप्रथाबाट पेसी तोक्ने गरी अघिल्लो मंसिर २ गतेको फुल कोर्ट बैठकले सर्वोच्च अदालतको नियमावली संशोधन गरेको थियो। संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।
पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुसार न्यायाधीशहरूले गोटी (गोला) तानेर पेसी तोकिनेछ ।
मुद्दाको समूह बनाएर नम्बरको आधारमा न्यायाधीशहरूले गोला तान्नेछन्। गोला तानिसकेपछि पनि प्रमाणीकरण गर्नुपर्नेछ ।
अंक र अक्षर लेखिएका गोटीका माध्यमबाट न्यायाधीशले गोला तान्नेछन्। एकल, पूर्ण, बृहत् र पूर्ण इजलासका लागि छुट्टाछुट्टै गोला तान्नुपर्नेछ ।
गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने अभ्यास जिल्ला अदालतमा केही समय गरिए पनि पछि हटाइएको थियो ।
प्रधानन्यायाधीश जबरा न्यायिक विचलनमा परेका जस्ता आरोपसहित ८ कात्तिकदेखि इजलास बहिष्कार गरेका सर्वोच्चका न्यायाधीशहरू ३७ दिनपछि गोला प्रक्रियाको सुनिश्चितता पश्चात् इजलास फर्किंदै छन् ।
गोला प्रक्रिया सुरु भएपछि कुन मुद्दा कुन न्यायाधीशको इजलासमा पर्छ भन्ने निर्क्योल संयोगका आधारमा हुनेछ । जसका कारण इजलास गठन गर्दा पहिल्यै सेटिङ गरेको भन्ने आरोपबाट न्यायालय जोगिनेछ । साथै यो सम्पूर्ण प्रक्रिया हरेक दिन अदालतमा उपस्थित सबै न्यायाधीश, मुख्य रजिस्ट्रार, रजिस्ट्रार तथा सूचना–प्रविधि विज्ञहरूको समेत उपस्थितिमा हुने भएकाले इजलास गठनमा पारदर्शिता कायम हुनेछ । जसका कारण अदालतप्रतिको जनविश्वास बढ्ने अपेक्षा गर्न सकिन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
प्रतिकृया दिनुहोस