गाउँ सहर
सिन्धुलीको एक गोदाममा आगलागी
- गाउँ सहर संवाददाता
- १४ मङ्सिर मंगलबार, २०७८ | १३:०४:०० मा प्रकाशित

सिन्धुली । सिन्धुलीको एक गोदाममा आगलागी भएको छ ।
आज बिहान १० बजेदेखि कमलामाई नगरपालिका–६ रातमाटास्थित गोदाममा भीषण आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोज लामाले जानकारी दिएका छन् ।
आगलागी कसरी सुरू भएको हो भन्ने खुलिनसकेको उनले बताएका छन् । अहिले दुइटा दमकलले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
'त्यहाँ रक्सी, हार्डवेयर, औषधि लगायत सामानको गोदाम हो । अहिले नियन्त्रणमा लिने प्रयास गर्दैछौं,' उनले बताए । कसको गोदाममा आगलागी भएको हो भन्ने अहिले खुलिनसकेको प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रणको लागि स्थानीय, प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस