अर्थतन्त्र

फेरी घट्याे सुनकाे मूल्य

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य फेरी घटेकाे छ । गत सोमबार एक सय रुपैयाँले घट्दै प्रतितोला ९२ हजार रुपैयाँमा झरेको सुनको मूल्य मंगलबार थप पुनः एक सय रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज एक सय रुपैयाँले नै घट्दै ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघको बताएकाे छ ।

तर, यता चाँदीको मूल्य भने गत सोमबारको तुलनामा मंगलबार तोलामा १५ रुपैयाँले घट्दै एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

गाउँ सहर संवाददाता