स्वास्थ्य

काठमाडौं उपत्यकामा थप ११५ जनासहित देशभर २५९ जनामा कोरोना संक्रमण, २६४ जना संक्रमणमुक्त

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय २४ पुगेको छ ।

सोमबार २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६ हजार ९४४ सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घन्टामा ७ हजार २३१ पीसीआर तथा २ हजार ६५७ एन्टिजेन परीक्षण भएको छ ।

काठमाडाैं उपत्यकामा कति ?

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ७८, भक्तपुरमा ७ र ललितपुरमा ३० जना संक्रमित थपिएका हुन् ।

गाउँ सहर संवाददाता