काँग्रेसकाे प्रदेश अधिवेशन दुइ दिन पर सर्याे, महाधिवेशन कार्यक्रम तालिका पनि फेरियो
- गाउँ सहर संवाददाता
- १३ मङ्सिर सोमबार, २०७८ | १५:५६:०० मा प्रकाशित

काठमाडाैं । काँग्रेसले प्रदेश अधिवेशन दुइ दिन पर सारेको छ । सोमबार विहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले प्रदेश अधिवेशन सार्ने निर्णय गरेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार मंसिर १६ र १७ गतेका लागि तोकिएको प्रदेश अधिवेशन मंसिर १८ र १९ गतेका लागि सारिएको हाे । केही जिल्ला अधिवेशन सम्पन्न नहुँदा तयारी नपुगेकाले प्रदेश अधिवेशन सारिएको उनले जनाएका छन् ।
त्यस्तै, केन्द्रीय महाधिवेशनका कार्यक्रम पनि प्रभावित भएको छ । अब काँग्रेसले महाधिवेशन उद्घाटनपछि मात्र उम्मेदवारी मनोनयनको कार्यक्रम सुरु हुने पौडेलले बताएका छन् । काँग्रेसले मंसिर २१ बाट महाधिवेशन कार्यक्रम सुरु गर्ने कार्यक्रम तालिका बनाएको थियो । महाधिवेशन कार्यक्रम अन्तर्गत २१ गते मतदाता नामावली (महाधिवेशन प्रतिनिधिको सूची) प्रकाशन हुनेछ ।
२२ गते मतदाता नामावलीमाथि दाबी विरोध तथा उजुरीको कार्यक्रम र मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक गरिने कार्यक्रम थियो । मंसिर २४ गते महाधिवेशन उद्घाटन गर्ने कार्यक्रमअघि उम्मेदवारी मनोनयन बाहेकको काम सम्पन्न हुने निर्वाचन समितिका सदस्य एकराज पोखरेलले रातोपाटीलाई बताए । मनोनयन दर्ता मंसिर २५ गते गर्ने नयाँ तालिका तयार पारेको उनले बताए ।
पाैडेलले भने, ‘महाधिवेशन उद्घाटनअघि महाधिवेशन प्रतिनिधिको अन्तिम सूची सार्वजनिक गर्छौं । २४ गते महाधिवेशन उद्घाटन हुन्छ र २५ गते उम्मेदवारी दर्ता गर्न कार्यक्रम बनाएका छौं ।’ २५ गतेका लागि तय गरिएको मतदानको कार्यक्रम २६ गते र मत गणना २७ गते सुरु हुने पोखरेलको भनाइ छ । यसअघि काँग्रेसले २५ गते मतदान र २६ गते मतगणना गर्ने कार्यक्रम तालिका तय गरिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस