बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर बिहीबार, २०७८ | १६:२७:०० मा प्रकाशित

काठमाडौँ । बालिकालाइ बलात्कार गरेकाे अभियाेगमा एक जना पक्राउ परेका छन् । कोटेश्वरको गेस्ट हाउसमा लगेर बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–७ घर भई हाल ललितपुरको लेले बस्ने ३६ वर्षीय गोविन्द सिंह विष्ट रहेकाे प्रहरी जनाएकाे छ ।
विष्टले गत कार्तिक २७ गते कोटेश्वरस्थित गेस्ट हाउसमा लगेर एक १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । घटनापछि फरार रहेका विष्टलाई प्रहरीले बुधबार कोटेश्वर चोकबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार पीडित बालिकालाई विष्टले लगनखेल बसपार्कबाट ललाई फकाई कोटेश्वर ल्याएका थिए । उनले कोटेश्वर चोकमा बालिकालाई खाजा खुवाएर लुगासमेत किनिदिएको र कोटेश्वर चोकमा रहेको गेस्ट हाउसमा रुम बुकिङ गरेर बालिकालाई उक्त कोठामा राखेर करणी गरेको प्रहरीको भनाई छ । भोलिपल्ट बिहान बालिकालाई लगनखेल छाडेर विष्ट भने त्यहाँबाट फरार भएको प्रहरीकाे भनाइ छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस