गाउँ सहर
नेपाल बारले आज उच्च अदालतहरुमा विरोध सभा गर्ने
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बुधबार, २०७८ | १०:५०:०० मा प्रकाशित
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजिनामा माग्दै एक महिनादेखि आन्दोलनमा रहेको नेपाल बार एशोसियसनले आज उच्च अदालतहरुमा विरोध सभा गर्ने भएको छ ।
देशका १८ वटै उच्च अदालत रहेका स्थानमा विरोध प्रदर्शन र सभा गर्न बारले मातहतका इकाईहरुलाई निर्देशन दिएको छ । १८ वटै उच्च अदालतमा केन्द्रीय प्रतिनिधि पनि खटाइएको बार महासचिव लीलामणि पौडेलले एक विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
विरोध कार्यक्रम अनुसार बारको केन्द्रीय नेतृत्व भने पाटन उच्च अदालत परिसरमा हुने विरोध कार्यक्रममा सहभागी हुने छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमकाे दाेस्राे जित
- एनपीएलः काठमाडौँको पहिलो जित, कर्णालीको पहिलो हार
- पोखरा–२९ स्थित आदर्श युवा क्लबको अध्यक्षमा हमाल
- जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार
- मधेशी युवालाई वक्ताहरूको आह्वान : अब अरूको मुख नताकौँ, आफैँ नेतृत्व गरौँ
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
प्रतिकृया दिनुहोस