नेपाली महिला क्रिकेट टोलीले आज भुटानको सामना गर्दै
- गाउँ सहर संवाददाता
- ७ मङ्सिर मंगलबार, २०७८ | ०७:३९:०० मा प्रकाशित

काठमाडौं । आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज मंगलबार भुटानको सामना गर्दैछ।
दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार दिउसो ३:१५ बजे सुरु हुनेछ ।
भुटानविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । किनकी नेपालले पहिलो खेलमा हार व्यहोरेको छ ।
सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग पराजित भएको थियो । नेपाललाई हङकङले ६ विकेटले हराएको थियो ।
भुटान भने लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा भुटानले कुवेतलाई ४० रनले हराएको थियो ।
छनोटमा ६ टिम सहभागी छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
छनोट अन्तर्गत नै नेपालले तेस्रो खेल कुवेतविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ ।
नेपालले आफ्नो चौथो खेल मलेसियासँग शुक्रबार तथा पाँचौ खेल आगामी आइतबार युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस