झण्डै १५ अर्बको ट्रेजरी बिल निष्काशन गर्दै राष्ट्र बैंकले
- गाउँ सहर संवाददाता
- ६ मङ्सिर सोमबार, २०७८ | १२:४७:०० मा प्रकाशित

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब ८१ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल निष्कासन गर्ने भएको छ ।
सरकारी खर्च जुटाउनका लागि केन्द्रीय बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि उक्त रकम बराबरको ट्रेजरी बिल निष्कासन गर्न लागेको हो ।
केन्द्रीय बैंकले ९१ दिनको लागि २ अर्ब २३ करोडको, १८२ दिनको लागि १२ अर्ब ४७ करोड बराबरको र एक वर्षका लागि ११ करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
उक्त बिलहरु क्रमश: आगामी फागुन १० गते, २०७९ जेठ १० गते र २०७९ मंसिर ६ गते परिपक्व हुनेछ ।
मंगलबारदेखि निष्कासन हुने उक्त ट्रेजरी बिल खरीदका लागि बैंक तथा वित्तीय संस्थाहरुले सोमबार दिउँसो २ बजे बोलकबोल गर्न सक्नेछन् ।
ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो । सबै वर्गका बैंक तथा वित्तीय संस्था र सर्वसाधारण नागरिकसमेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
यसअघि कार्तिक २९ गते जारी भएको ९१ दिने ट्रेजरी बिल्समा औसत ४.९१४९ र १८२ दिने ट्रेजरी बिल्समा औसत ५.०४२८ डिक्काउन्टदर निर्धारण भएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस