गाउँ सहर
पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि चयन गर्न एमालेको बैठक बस्दै
- गाउँ सहर संवाददाता
- ६ मङ्सिर सोमबार, २०७८ | १०:४३:०० मा प्रकाशित

काठमाडाैं । पार्टीको १० औँ महाधिवेशन नजिकिदै गर्दा नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । तुलसीलाल अमात्य प्रतिष्ठानमा बस्ने गरी सोमबार दिउँसो ३ बजे बैठक बोलाएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
आजको बैठकमा महाधिवेशनका लागि केन्द्रीय कमिटीले छनोट गर्ने ५ प्रतिशत महाधिवेशनका बारेमा छलफल हुने भएको छ । एमालेको विधानअनुसार केन्द्रीय कमिटीले ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने छ । आजको बैठकमा मनोनित गर्ने प्रतिनिधिको नाम पेश हुने भएको छ ।
एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आगामी १०–१२ गते चितवनमा हुँदै छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस