गाउँ सहर

त्रिभुवन विमान स्थलबाट दुई किलो सुन बरामद

काठमाडाैं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट प्रहरीले  सुन बरामद गरेको छ । शुक्रबार दुबईबाट आएका दुई यात्रुको साथबाट दुई किलो सुन बरामद भएको हो ।

दाङका सीताराम चौधरी र सिरहाका सरोज सहनीलाई आज कपडामा लुकाएर ल्याएको २ किलो सुनसहित पक्राउ गरेको प्रहरीले जनाएको हो ।

दुबईबाट वायुसेवा निगमको जहाजमा चढेर आएका दुई युवाहरुलाई विमानस्थलको सुरक्षा टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको बताएकाे छ । उनीहरुले कट्टुमा सुन लुकाएर ल्याएका थिए ।

गाउँ सहर संवाददाता