गाउँ सहर
पतञ्जलिलाई सरकारले जग्गा उपलब्ध गराउँछ : प्रधानमन्त्री देउवा
- गाउँ सहर संवाददाता
- ३ मङ्सिर शुक्रबार, २०७८ | १२:४४:०० मा प्रकाशित
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलिलाई जग्गा उपलब्ध गराउने बताएका छन् ।
शुक्रबार काठमाडौंमा पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पतञ्जलिलाई सहयोग गर्न सरकार तयार रहेको बताउँदै जग्गा उपलब्ध गराउने बताएका हुन् ।
‘नेपाल सरकार पूरा सहयोग गर्न तयार छ । यो नन प्रोफिट संस्थालाई सरकारले जग्गा उपलब्ध गराउँछ’, देउवाले भने ।
योग आर्युवेदका लागि गरेको अथक प्रयासका लागि रामदेवलाई नेपाल सरकारका तर्फबाट धन्यवाद दिएका प्रधानमन्त्री देउवाले रामदेव र आचार्य बालकृष्णलाई नेपाल आइरहन अनुरोध समेत गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरा–२९ स्थित आदर्श युवा क्लबको अध्यक्षमा हमाल
- जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार
- मधेशी युवालाई वक्ताहरूको आह्वान : अब अरूको मुख नताकौँ, आफैँ नेतृत्व गरौँ
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
प्रतिकृया दिनुहोस