वातावरण

आगामी साताको कृषि मौसमी सारांश यस्ताे छ

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी साताको सुरुवातमा हिमाली भू-भागहरूका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकाे छ । यस्तै पहाडी भू-भागहरूमा एक-दुई स्थानहरुमा छिटपुट वा हल्का वर्षाको पनि सम्भावना छ ।

विभागका अनुसार साताको सुरुवातमा पश्चिम तराईका एक-दुई स्थानहरुमा छिटपुट वर्षाको सम्भावना र देशका अधिकांश भू-भागहरुमा अधिकतम तापक्रम तथा न्युनतम तापक्रम हल्का घट्ने सम्भावना देखिन्छ ।

गाउँ सहर संवाददाता