गाउँ सहर
सर्वोच्चमा आज तोकियो १० वटा इजलास
- गाउँ सहर संवाददाता
- २ मङ्सिर बिहीबार, २०७८ | १२:४७:०० मा प्रकाशित
काठमाडाैं । सर्वोच्च अदालतमा बिहीबार १० वटा इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्ना लागि भने कुनै इजलासमा राखेका छैनन् ।
आजको १० वटा इजलासबाट २५९ वटा मुद्दा पेसीमा राखिएको छ । न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा सुनुवाई नगर्ने घोषणा गरे पनि सबै प्रकारका मुद्दामा पेसी तोकिएको हो ।
जबराले आजै ‘फुलकोर्ट’ राख्ने तयारी गरेका छन् । सर्वोच्चका न्यायाधीशले फुलकोर्ट राखेर नियमावली संशोधन गर्दै गोलाप्रथाबाट पेसी तोक्न दबाब दिँदै आएका थिए ।
सर्वोच्चका न्यायाधीश र बार एशोसिएसनले केही सातादेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका छन् । यसैबीच प्रधानन्यायाधीश जबराले पेलेरै इजलास राख्दै आएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस