बन्द गराउदैँ हिड्ने विप्लवका यी नेता समातिए
- गाउँ सहर संवाददाता
- ३० कार्तिक मंगलबार, २०७८ | १४:१९:०० मा प्रकाशित

काठमाडौँ । पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यक सामाग्रीमा भएको मूल्य वृद्धिविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले घोषणा गरेको नेपाल बन्दमा देशभरबाट करिब १०० जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।
बन्दकाे प्रभाव सामान्य बनेको छ । तर, देशका विभिन्न भागबाट बन्द गराउँदै हिँडेका नेकपाका नेता कार्यकर्तालाई पक्राउ गरेको छ । अहिलेसम्म नेकपाका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इञ्चार्ज मोहलाल चन्द ‘आधार’सहितका सयौँ नेता कार्यकर्ता पक्राउ परेका छन् ।
विप्लव नेतृत्व पार्टीका केन्द्रीय सदस्य आधारसहित १३ जनालाई प्रहरीले बिहान बनेपाबाट नियन्त्रणमा लिएको हाे ।
त्यस्तै, पार्टीको युवा संगठनका केन्द्रीय महासचिव विदुषीसमेत पक्राउ परेकी छन् । युवा संगठन नेपालका महासचिव विदुषी र कान्छा तामाङलाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको उक्त संगठनका अध्यक्ष पाटन जंगलीले जानकारी दिएका छन् ।
ललितपुरबाट नेकपा ललितपुरका सेक्रेटरी रमेश डंगोल पक्राउ परेका छन् । काठमाडौँ कालीमाटीबाट श्रमिक समुदाय मोर्चा काठमाडौँ सदस्य राज गजमेर र जमलबाट अखिल क्रान्तिकारी क्याम्पस जिल्ला सदस्य सुवास महत पक्राउ परेका छन् । यसैगरी, प्रहरीले काठमाडौँ क्षेत्रपाटीबाट नेवाः मोर्चा काठमाडौँका अध्यक्ष दीपक मानन्धर ‘संघर्ष’लाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले नेकपा कास्कीका जिल्ला सदस्य एवम् कार्यालय सचिव काजी गुरुङ र अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजलाई छोरेपाटनबाट नियन्त्रणमा लिएको हाे ।
सिन्धुलीबाट पनि २६ जना पक्राउ परेका छन् । जिल्ला सेक्रेटरी गोपाल ब्लोन, विशेष कमिटीका सदस्य शशी राई, युवा संगठन नेपालका केन्द्रीय सदस्य तेज लामा, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य मिम ऐडीलगायत २६ जना पक्राउ परेको नेकपाले जानकारी दिएकाे छ ।
त्यसैगरी, रूकुमबाट प्रहरीले नेकपाका १३ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपाका जिल्ला सचिवालय सदस्य तथा अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य मोतीराम खड्का, जिल्ला अध्यक्ष सोमपाल कामी लगायत रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस