अर्थतन्त्र
मंगलबार सुनकाे मूल्य बढ्याे, कतिमा हुँदैछ त काराेबार ?
- गाउँ सहर संवाददाता
- ३० कार्तिक मंगलबार, २०७८ | १२:०९:०० मा प्रकाशित

काठमाडाैं । मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ५०० ले बढेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम छ ।
सोमबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम छ । सुनको मूल्य बढेको दिन चाँदीको पनि बढेको छ । आज १० रुपैयाँले बढेको चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँमा काराेबार भइरहेकाे महांसंघले जनाएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस