गाउँ सहर

श्री राजदेवी इन्टरनेशनलले ल्यायाे नेपाली बजारमा ‘भोलभेला’

काठमाडौँ । श्री राजदेवी इन्टरनेशनल प्रालिले भोलभेला नामक नयाँ किटाणुनाशक उत्पादन नेपाली बजारमा ल्याएको छ । 

राजदेवी इन्टरनेशनलले साेमबार एक पत्रकार सम्मेलन गरि उक्त उत्पादनहरूकाे सार्वजनिक गरेकाे हाे । 

रसियास्थित जेएससी कन्सर्न ग्यानीटद्वारा उत्पाददित भोलाभेला कोरोना, सार्स, हेपाटाइटिस ए, बी, सी, इको र एचआइभी जस्ता विभिन्न किटाणुहरु विरुद्ध प्रभावकारी रहेको बैज्ञानिक रुपमा पुष्टी भएको कम्पनीले दाबी गरेको छ । 

‘विशेष भौतिक रसायनिक गुणहरु भएको यस उत्पादनले यस्ता किटाणुहरुबाट मावन स्वास्थ्यलाई सुरक्षित राख्दछ’- कम्पनीद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । 

अत्यन्त न्यून एलर्जीको सम्भावना भएको भोलाभेला कुनै पनि वस्तुको माथिल्लो सतह, लुगा, मास्क र छालामा प्रयोग गर्न सकिन्छ । यसैगरी सार्वजनिक स्थान, कार्यालय, सवारी साधन, अस्पताल, शैक्षिक संस्था इत्यादीलाई किटाणुबाट सुरक्षित राख्न यो निकै उपयोगी छ ।

‘अल्कोहलमुक्त भोलभेलाले किटाणुबाट चौबीसै घण्टा सुरक्षा प्रदान गर्दछ’– राजदेवी इन्टरनेशनलका प्रबन्ध निर्देशक पवनकुमार गर्गले बताए ।    

 

गाउँ सहर संवाददाता