चित्रकलामा राईजिङ्ग स्टारकी सुस्मिता प्रथम
- गाउँ सहर संवाददाता
- २६ कार्तिक शुक्रबार, २०७८ | २०:३६:०० मा प्रकाशित

पोखरा । शुक्रबार नगेन आर्ट एकेडेमीमा सम्पन्न चित्रकलामा राईजिङ्ग स्टारकी सुस्मिता श्रेष्ठ प्रथम भएकी छन् ।
लायन्स क्लब अफ पोखरा नर्सेसको आयोजनामा पोखरामा रहेका विद्यालयलाई समेटेर ‘वि अल आ कनेक्टेड’ शीर्षकमा ११ देखि १३ वर्षसम्मका विद्यार्थीहरुको पिस पोस्टर चित्रकला प्रतियोगिता २०७८ सम्पन्न भएको हो ।
प्रतियोगितामा सोयंका गुरुङ्ग हिलपोइन्ट सेकेन्डरी स्कुल, वन्दना कुमाल नव प्रभात माध्यमिक विद्यालय र सोनी पुर्जा पुन हिलपोइन्ट सेकेन्डरी स्कुलले द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेका थिए । उनीहरुले नगेन आर्ट एकेडेमीका आर्ट क्लासमा ५०% र २५% छुट सहित ट्रफी, मायाको चिनो र प्रमाणपत्र प्राप्त गरे ।
क्लबका एसिस्टेन्ट चिफ एडभाईजर अर्जुन थापाले विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दै कलामा निरन्तर लाग्न आग्रह गर्दै नेपालमा पनि अहिले अभिभावककले आफ्ना सन्ततिलाई चित्रकलामा लाग्न हौसला दिन थालेको बताए ।
कार्यक्रममा विश्व कलायात्री प्राज्ञ नगेन सिंहले नेपाल भरको लायन्स क्लबहरुले यो प्रतियोगीता गरेर उत्कृष्ट भएका विद्यार्थीको कलालाई काठमाण्डौं पठाउने र नेपालभरबाट उत्कृष्ट भएकोलाई अमेरिका पनि पठाउने भएकोले यस कार्यक्रमले विश्वमा पनि नेपालको नाम राख्न सफल भएको बताए ।
निर्णायक संयोजक वरिष्ठ चित्रकार गोपाल श्रेष्ठ,लायन्स क्लबको कास्कीका जोन चियरपर्सन बलराम पहारी पिस पोष्टर कन्टेष्टका सेन्टर कोर्डिनेटर शम्भु बास्तोलाले पिस पोष्टर कन्टेष्टको र लायन्स क्लबको महत्वका बारेमा बोलेका थिए ।
लायन्स क्लब अफ पोखरा नर्सेसको अध्यक्ष गिता जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रम उपाध्यक्ष निशा श्रेष्ठको स्वागत सरु प्रधानको सञ्चालनमा भएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस