नेपाली काँग्रेसले क्रियाशील विवाद टुंग्यायाे
- गाउँ सहर संवाददाता
- २४ कार्तिक बुधबार, २०७८ | ११:४६:०० मा प्रकाशित

काठमाडाैँ । लामाे समयदेखि रहेकाे विवादित नेपाली काँग्रेसमा क्रियाशील विवाद टुंगिएको छ । मंगलबार रौतहटको क्रियाशील विवाद टुंगिएसँगै काँग्रेसमा क्रियाशील विवाद टुंगिएको हो ।
क्रियाशील विवादका कारण रौतहटका नेता कार्यकर्ता एकसय दिनभन्दा बढी समय पार्टी कार्यालयमा रिले अनसनमा बसेका थिए । सो विवाद टुंगिएसँगै उनीहरुले पनि अनसन तोडेका छन् । वडा अधिवेशन हुन बाँकी १३ जिल्लामा काँग्रेस निर्वाचन समितिले निर्वाचन अधिकृत खटाइएको छ ।
आगामी कात्तिक २७ गते सप्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, रसुवा र बाँके गरी १३ जिल्लामा वडा अधिवेशन हुँदैछ । उक्त १३ जिल्लामा कात्तिक ३० गते पालिका अधिवेशन हुनेछ ।
हिमाली १३ जिल्लामा जिल्ला अधिवेशन समेत सम्पन्न गरिसकेको काँग्रेसले बाँकी हिमाली जिल्ला सोलुखुम्बु, दार्चुला र म्याग्दीमा कात्तिक २७ प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्दैछ ।
उक्त तीन जिल्लामा जिल्ला अधिवेशन भने मंसिर एक गते हुने छ । यस्तै जिल्ला अधिवेशन हुन बाँकी जुम्लामा पनि मंसिर एक गते अधिवेशन हुनेछ । बाँकी ६१ जिल्लामा मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन भएको जिल्ला अधिवेशन हुनेछ ।
मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन हुनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस