गाउँ सहर
ग्राहकले खातामा जम्मा गरेकाे पैसा झिकेर मिटरब्याजमा लगाउने बैंक प्रबन्धक पक्राउ
- गाउँ सहर संवाददाता
- २४ कार्तिक बुधबार, २०७८ | ०८:१७:०० मा प्रकाशित

काठमाडाैं । ग्राहकले निक्षेप खातामा जम्मा गरेको पैसा निकालेर मिटरब्याजमा लगाउने सिन्धु विकास बैंक काभ्रे दोलालघाट शाखाका प्रबन्धक सुमन खरेल पक्राउ परेका छन् । उनले एक करोडभन्दा धेरै रकम हिनामिना गरेको उजुरी बैंकले नै गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ग्राहकहरूले जम्मा गर्न ल्याएको निक्षेप उनी चिनजानका व्यवसायीलाई मिटरब्याजमा लगाउने गर्थे । हरेक महिनाको अन्तिममा ब्याजसहित ग्राहकको खातामा पैसा राखेर हिसाब मिलाउँथे ।
तर, पछिल्लो केही महिनायता त्यसरी ब्याजमा लगाएको पैसा नउठेपछि उनको अवैध धन्दा खुलेको थियो । घटनामा बैंकका अन्य कर्मचारीले पनि उनलाई सघाएको आशंका गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस