अर्थतन्त्र

दुई दर्जनबढी लघुवित्तद्वारा लाभांश घोषणा, कसले/कति दिँदैछन्, तपाईंकाे अवस्था के हुने ?

काठमाडौँ । दुई दर्जनबढी लघुवित्त अर्थात २६ लघुवित्त संस्थाहरुले लाभांश घोषणा गरेका छन् । हालसम्म लाभांश घोषणा भएका लघुवित्तमध्ये स्वाभिमान लघुवित्त वित्तीय संस्थाले बढी लाभांश दिने घोषणा गरेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले पनि ३४ प्रतिशत लाभांश घोषणा गरेको छ ।

लघुवित्त वित्तीय संस्थाले ३२.३ प्रतिशत बोनस शेयर र १।७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । सबैको लघुवित्त वित्तीयले ३२.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सबैको लघुवित्त वित्तीय संस्थाले ३१.०५ प्रतिशत बोनस शेयर र १।६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ७.३७ प्रतिशत नगद लाभांश गरी कुल २७.३७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव गरेको छ ।

मिरमिरे लघुवित्तले २० प्रतिशत लाभाश दिने घोषणा गरेको छ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनाका लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

एनआईसी एशिया लघुवित्तले ५.४१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । डिप्रोक्स लघुवित्तको २० प्रतिशत बोनस शेयर र १ दशमलब ०५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । त्यस्तै, फस्ट माइक्रोफाइनान्सको १० प्रतिशत बोनस र शुन्य दशमलब ५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

उता स्वरोजगार लघुवित्तले २५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ भने वित्त कम्पनीको बुक क्लोज समेत भइकेको अवस्था छ । त्यस्तै, साधना लघुवित्तले २५ प्रतिशत बोनस शेयर र १ दशमलब ३२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

आशा लघुवित्तले २५ प्रतिशत बोनस र १ दशमलब ३१५८ प्रतिशत नगद, मेरो माइक्रो फाइनान्सले २० प्रतिशत बोनस र १ दशमलब ६३ प्रतिशत नगद दिने भएका छन् ।

गुराँस लघुवित्तले १६ दशमबल ९०६४ प्रतिशत बोनस र शुन्य दशमलब ८८९४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सिभिल लघुवित्तले १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश दिने भएको छ ।

आरएसडीसी लघुवित्तले १० प्रतिशत बोनस र शुन्य दशमलब ५२६३ प्रतिशत नगद दिने भएको छ । 

यस्तै सबैको लघुवित्तले ३१ दशमलब ०५ प्रतिशत बोनस र १ दशमलब ६२ प्रतिशत नगद, ग्लोबल आईएमई लघुवित्तले २८ प्रतिशत बोनस, स्वबलम्बन लघुवित्तले १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद, नेरुडे लघुवित्तले २१ दशमलब ४८७६ प्रतिशत बोनस र १ दशमलब १३०९ प्रतिशत नगद दिने भएका छन् । 

गणपति लघुवित्तले १९ प्रतिशत बोनस र १ प्रतिशत नगद, एनडीइपी लघुवित्तले २० प्रतिशत बोनस र १ दशमलब ०५३ प्रतिशत नगद, एनएमबि लघुवित्तले २१ दशमलब ५ प्रतिशत बोनस र १ दशमलब ३३ प्रतिशत नगद, माहुली सामूदाकि लघुवित्तले २६ प्रतिशत बोनस, समाता घरेलु लघुवित्तले २० प्रतिशत बोनस, मनकामाना स्मार्ट घलुवित्तले १७ प्रतिशत बोनस दिने प्रस्ताव गरेका छन् ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति र सम्बन्धित लघुवित्तको साधारण सभाबाट प्रस्तावित लाभांश अनुमोदन पश्चात शेयरधनीले पाउने छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत