स्वास्थ्य

थप १४३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमण दर १८.३ प्रतिशत

काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौँमा ८०, भक्तपुरमा ३ र ललितपुरमा ३६ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ४८ पुगेको छ ।

आइतबार ५६३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

देशभर ७ हजार ७१३ सक्रिय संक्रमित छन् ।

अहिले संक्रमण दर १८.३ प्रतिशत रहेकाे र देशभरका क्वारेन्टाइनमा रहनेकाे संख्या ११२ रहेकाे मन्त्रालयले जनाएकाे छ ।

गाउँ सहर संवाददाता