यस वर्ष हालसम्म कति पर्यटक नेपाल भित्रिए ?
- गाउँ सहर संवाददाता
- २१ कार्तिक आइतबार, २०७८ | ०८:०६:०० मा प्रकाशित

काठमाडौं । यस वर्षको जनवरीदेखि अक्टोवरसम्म ३३ देशबाट एक लाख १४८ जना पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल भित्रिएका पर्यटकमध्ये अमेरिकाबाट धेरै रहेका छन् । ३३ देशबाट नेपाल आएका पर्यटक मध्ये १५.५४ प्रतिशत अमेरिकाबाट भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ अनुसार नेपाल भित्रिएकामध्ये १५ हजार ५६५ जना अमेरिकी पर्यटक रहेका छन् । खुल्ला सीमाका कारण भारतीय पर्यटकको तथ्याङक बढी भएपनि गुणस्तरीय पर्यटक भने चीन र बेलायतबाट समेत उल्लेख्य मात्रामा पर्यटक भित्रिएका छन् ।
कोरोना भाइरस संक्रमणको दर कम हुदै गएपछि सरकारले पर्यटकका लागि आगमन खुल्ला गरेपछि पर्यटकको आगमनदर बृद्धि हुँदै गएको छ । अक्टोवरमा २३ हजार २८४ जना र सेक्टेम्बर महिनामा मात्र ३५ राष्ट्रबाट ९९९८ जना पर्यटक नेपाल भित्रिएका छन् । बोर्डको तथ्याङक अनुसार यस अघि जुलाइ महिनामा दुई हजार ९९१ आएका थिए भने अगस्टमा महिनामा छ हजार पर्यटक नेपाल आएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस