पोखरा म्याराथनको बिजेताले उपाधि सहित ४ लाख पाउने, सफल दूधले मुख्य प्रायोजकमा निरन्तरता दिने
- गाउँ सहर संवाददाता
- १७ कार्तिक बुधबार, २०७८ | २१:०५:०० मा प्रकाशित

पोखरा । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशीमा सतप्रतिशत वृद्धि गरेको छ भने सुजल डेरीको मुख्य उत्पादन सफल दूधले मुख्य प्रायोजकका लागि निरन्तरता दिने दिएको छ ।
मञ्चले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिंदै खुल्ला ४२.१९५ किमि म्याराथन तर्फ प्रथम पुरस्कार ४ लाख नगद पु-याइएको घोषणा गरेको हो । यो पुरस्कार राशी गत वर्षको १५ औं सस्करण भन्दा दोव्बर हो । आगामी फागुन ७ गते पोखरामा आयोजना हुने १६ औं संस्करणको पोखरा म्याराथनतर्फ हुने सबै २१ किमि महिला हाफ म्याराथन बाहेक महिला पुरुष १० किमि र छात्र/छात्रा ५ किमि, ह्विल चियर तथा दृष्टिविहिन दौडतर्फ समेत पुरस्कार राशी बढाइएको जनाइएको छ । दौडतर्फ समेत ५-५ हजार पुरस्कार राशीमा बढाइएको छ ।
नेपालको म्याराथन इतिहासमा नै पोखरा म्याराथनमा पुरस्कार ४ लाख पु-याइएको दावी गर्दै मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले ४२.१९५ किमितर्फको दोश्रो पुरस्कार २ लाख, तेश्रो हुनेले १ लाख र सान्त्वना तर्फ ३० हजार प्राप्त गर्ने बताए । अध्यक्ष पराजुलीले सबै विद्यातर्फ गरी कुल २८ जना पुरस्कृत हुने जानकारी गराउँदै पुरस्कार राशी गत वर्षको भन्दा ४ लाख बढेको जानकारी दिंदै उनले भने–“गत वर्ष पुरस्कार राशी कुल ८ लाख रहेकोमा यो वर्ष सबै विद्यागत रुपमा बढाउँदा १२ लाख ३० हजार पु-याएका छौं ।”
पोखराको प्रतिष्ठित घराना लक्ष्मी ग्रुप अन्तर्गतको उद्योग सुजल डेरीको मुख्य उत्पादन सफल दूधले पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई मुख्य प्रायोजनको भूमिकामा निरन्तरता दिएको छ । विगत ६ वर्ष देखि निरन्तर रुपमा पोखरा म्याराथन संग सहकार्य गर्दै आएको सफल दूधले आगामी तिन वर्षका लागि मुख्य प्रायोजकका रुपमा सम्झौता गरेको छ । उद्योगका निर्देशक सुनिल श्रेष्ठ र मञ्चका अध्यक्ष पराजुलीले सम्झौता–पत्र आदान प्रदान समेत गरेका छन् ।
कार्यक्रममा आफ्ना भनाई राख्दै मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले पोखरालाई मात्रै नभई गण्डकीलाई दौडको प्रदेशको रुपमा स्थापित गर्न परिषदले समेत आफ्ना कार्यक्रमहरु तय गरेको बताए । सो अवसरमा मञ्चले नियुक्त गरेका १४ जना सल्लाहकारहरुको नाम समेत घोषणा गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस