देशभर थप ५३३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि, ९ जनाकाे मृत्यु
- गाउँ सहर संवाददाता
- १५ कार्तिक सोमबार, २०७८ | १६:२७:०० मा प्रकाशित

काठमाडाैं । देशभर थप ५ सय ३३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ६६४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४४१ तथा एन्टिजेन विधिबाट ९२ जना सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ४९० जना सङ्क्रमणमुक्त बनेका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ९२ हजार २७७ जना सङ्क्रमणमुक्त बनिसकेका छन् । नेपालमा निको हुने दर ९७.४ प्रतिशत पुगेको छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ३१८ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप ९ जनाले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाएका छन् । हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ४१६ जना पुगेको छ ।
थप ६५ हजार २८ जना कोभिड–१९ विरुद्धको खोप पनि लगाएका छन् । खोप अभियान सुरु भएयता अहिलेसम्म १ करोड ५९ लाख २३ हजार ३०९ मात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये पूर्ण मात्रा लगाउने ७२ लाख ५३ हजार २८५ जना रहेका छन् भने कम्तीमा एक मात्रा लगाउने ८६ लाख ७० हजार २४ जना छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस