सुजाता कोइरालाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा
- गाउँ सहर संवाददाता
- १५ कार्तिक सोमबार, २०७८ | १४:२७:०० मा प्रकाशित
मोरङ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
विराटनगर विमानस्थलमा साेमबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले स्व गिरिजाप्रसाद कोइरालाले मोरङमा नयाँ घोषणा गर्ने कार्यलाई निरन्तरता दिँदै कार्यकर्ताको महिला सभापति हुनुपर्ने माग एवं चाहनालाई ध्यानमा राखी सभापतिमा उम्मेदवारी दिनका लागि आफू पूर्वी नेपालको भ्रमणमा आएको जानकारी दिइन्।
मुलुकको वर्तमान राजनीतिक अवस्थाका कारण ‘अर्ली इलेक्सन’ को सम्भावना बढ्दै गएको कोइरालाले बताइन्।
‘लोकतन्त्रमा जनताको आस्था र विश्वासको केन्द्रको रुपमा रहेको अदालत सधैँ स्वतन्त्र र निष्पक्ष हुनुपर्छ’, उनले भनिन्। उनले मुलुकका सबै संवैधानिक अङ्गले निष्पक्ष ढङ्गले कार्य गर्नुपर्नेमा जोड दिइन्।
केन्द्रीय सदस्य कोइरालाले सत्तासिन गठबन्धन दलसँग सिद्धान्त र विचार नमिल्ने हुनाले कोहीसँग पनि कांग्रेसले आगामी निर्वाचनमा तालमेल गर्न नहुने बताइन्। उनले वर्तमान गठबन्धनमा सहभागी राजनीतिक दलले लोकतन्त्रको संरक्षणका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यक रहेकाे सुनाइन् । रासस
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस