सुजाता कोइरालाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा
- गाउँ सहर संवाददाता
- १५ कार्तिक सोमबार, २०७८ | १४:२७:०० मा प्रकाशित
मोरङ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
विराटनगर विमानस्थलमा साेमबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले स्व गिरिजाप्रसाद कोइरालाले मोरङमा नयाँ घोषणा गर्ने कार्यलाई निरन्तरता दिँदै कार्यकर्ताको महिला सभापति हुनुपर्ने माग एवं चाहनालाई ध्यानमा राखी सभापतिमा उम्मेदवारी दिनका लागि आफू पूर्वी नेपालको भ्रमणमा आएको जानकारी दिइन्।
मुलुकको वर्तमान राजनीतिक अवस्थाका कारण ‘अर्ली इलेक्सन’ को सम्भावना बढ्दै गएको कोइरालाले बताइन्।
‘लोकतन्त्रमा जनताको आस्था र विश्वासको केन्द्रको रुपमा रहेको अदालत सधैँ स्वतन्त्र र निष्पक्ष हुनुपर्छ’, उनले भनिन्। उनले मुलुकका सबै संवैधानिक अङ्गले निष्पक्ष ढङ्गले कार्य गर्नुपर्नेमा जोड दिइन्।
केन्द्रीय सदस्य कोइरालाले सत्तासिन गठबन्धन दलसँग सिद्धान्त र विचार नमिल्ने हुनाले कोहीसँग पनि कांग्रेसले आगामी निर्वाचनमा तालमेल गर्न नहुने बताइन्। उनले वर्तमान गठबन्धनमा सहभागी राजनीतिक दलले लोकतन्त्रको संरक्षणका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यक रहेकाे सुनाइन् । रासस
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस