सिटिजन लाइफद्वारा घरमै पुगेर बीमा दाबी रकम भुक्तानी
- गाउँ सहर संवाददाता
- १४ कार्तिक आइतबार, २०७८ | १६:१६:०० मा प्रकाशित

इलाम । सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनीले बिमीतकाे घरमै पुगेर बीमा दाबी रकमबापतकाे रकम भुक्तानी गरेकाे छ ।
इलाम- १०, गाेदकमा ५ लाख ५० हजार रूपैयाँ सन्ताेष राईलाई दाबी भुक्तानी गरेकाे छ ।
मृतक राईले पाँच महिनाअघि सिटिजन लाइफ इन्स्याेरेन्समा २० वर्षे सिटिजन शुभारम्भ बीमा याेजना गरेकाे अज्ञात राेगका कारणले मृत्यु भएकाे थियाे ।
मृतककी श्रीमती सृजना राईलाई बीमाङ्क रकम ५ लाख र काजक्रिया खर्च वापत ५० हजारसमेत एकमुष्ठ रू ५ लाख ५० हजारकाे चेक कम्पनीका एरिया ब्रान्च मेनेजर उत्तम काेइरालाले हस्तान्तरण गरेका थिए । २० वर्षपछि बीमा परिपक्व अवधिमा मृतककी श्रीमतीले बीमाङ्क रकम ५ लाख पुन प्राप्त गर्नेछिन् ।
साे कार्यक्रममा इलाम शाखा प्रमुख तिलविक्रम सुब्बा, सिटिजन लाइफ इन्स्याेरेन्सका एजेन्सी मेनेजर प्रविण राईकाे पनि उपस्थिति रहेकाे थियाे । साे चेक हस्तान्तरण कार्यक्रममा कम्पनीका एरिया ब्रान्च मेनेजर काेइरालाले सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनीले झण्झटरहित डिजिटल प्रक्रियाले घरमा नै आएर दाबी भुक्तानीकाे चेक हस्तान्तरण गर्दा जनमानसमा जीवन बीमाप्रतिकाे विश्वास अझ बढेर जाने बताए । मृतक परिवारकाे तफबाट घरमै आएर यसरी दाबी भुक्तानी गरिदिएकाेमा सिटिजन लाइफलाई धन्यबाद दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस