सिटिजन लाइफद्वारा घरमै पुगेर बीमा दाबी रकम भुक्तानी
- गाउँ सहर संवाददाता
- १४ कार्तिक आइतबार, २०७८ | १६:१६:०० मा प्रकाशित
इलाम । सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनीले बिमीतकाे घरमै पुगेर बीमा दाबी रकमबापतकाे रकम भुक्तानी गरेकाे छ ।
इलाम- १०, गाेदकमा ५ लाख ५० हजार रूपैयाँ सन्ताेष राईलाई दाबी भुक्तानी गरेकाे छ ।
मृतक राईले पाँच महिनाअघि सिटिजन लाइफ इन्स्याेरेन्समा २० वर्षे सिटिजन शुभारम्भ बीमा याेजना गरेकाे अज्ञात राेगका कारणले मृत्यु भएकाे थियाे ।
मृतककी श्रीमती सृजना राईलाई बीमाङ्क रकम ५ लाख र काजक्रिया खर्च वापत ५० हजारसमेत एकमुष्ठ रू ५ लाख ५० हजारकाे चेक कम्पनीका एरिया ब्रान्च मेनेजर उत्तम काेइरालाले हस्तान्तरण गरेका थिए । २० वर्षपछि बीमा परिपक्व अवधिमा मृतककी श्रीमतीले बीमाङ्क रकम ५ लाख पुन प्राप्त गर्नेछिन् ।
साे कार्यक्रममा इलाम शाखा प्रमुख तिलविक्रम सुब्बा, सिटिजन लाइफ इन्स्याेरेन्सका एजेन्सी मेनेजर प्रविण राईकाे पनि उपस्थिति रहेकाे थियाे । साे चेक हस्तान्तरण कार्यक्रममा कम्पनीका एरिया ब्रान्च मेनेजर काेइरालाले सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनीले झण्झटरहित डिजिटल प्रक्रियाले घरमा नै आएर दाबी भुक्तानीकाे चेक हस्तान्तरण गर्दा जनमानसमा जीवन बीमाप्रतिकाे विश्वास अझ बढेर जाने बताए । मृतक परिवारकाे तफबाट घरमै आएर यसरी दाबी भुक्तानी गरिदिएकाेमा सिटिजन लाइफलाई धन्यबाद दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस