विश्वभर काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ५० लाख नाघ्याे, ७४ हजार सिकिस्त
- गाउँ सहर संवाददाता
- १३ कार्तिक शनिबार, २०७८ | ०८:३१:०० मा प्रकाशित

काठमाडौं । विश्वभर काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ५० हजार नाघेकाे छ ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार विश्वभर ५० लाख ४ हजार ३७० जनाकाे मृत्यु भएकाे छ भने ७४ हजार जना सिकिस्त छन् ।
पछिल्लाे समय विश्वभर काेराेनाबाट निकाे हुनेभन्दा संक्रमितकाे संख्या बढेकाे छ । पछिल्लाे २४ घण्टामा ४ लाख ६७ हजार जना संक्रमित थपिएका छन् भने ३ लाख ६८ हजार जना निकाे भएका छन् । त्यसैगरि ७ हजार ५८१ जनाकाे मृत्यु भएकाे छ ।
संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २२ करोड ३५ लाख २९ हजार जनाभन्दा बढि छन् । संक्रमितको संख्या भने २४ करोड ६७ लाख ४३ हजार नाघेको छ ।
विश्वभर हाल १ कराेड ८२ लाख ९२ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।
भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ४ कराेड ६७ लाख ७१ हजार भन्दा बढि संक्रमितमध्ये त्यहाँ अहिलेसम्म ७ लाख ६५ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १२ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ३ कराेड ६६ लाख ४६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने पछिल्लाे २४ घण्टामा ८० हजार थपिएसँगै कुल ९३ लाख ५९ हजार भन्दा बढिमा भाइरस सक्रिय छ ।
दाेस्राे नम्बरमा रहेकाे भारतमा थप ५५२ जनाकाे मृत्युसँगै कुल संख्या ४ लाख ५७ हजार ७७३ जनाकाे ज्यान गइसकेकाे छ । पछिल्लाे २४ घण्टामा १४ हजार जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड ४२ लाख ५९ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ ।त्यसैगरि हालसम्म ३ कराेड ३६ लाख ३३ हजार जना निको भएका छन् । सक्रिय केस १ लाख ६८ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
ब्राजिलमा पछिल्लाे २४ घण्टामा ११ हजार संक्रमित भएका छन् भने ३७९ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ६ लाख ७ हजारभन्दा बढी छन् । हाल १ लाख ९८ हजार जनामा काेराेना भाइरस सक्रिय छ । हालसम्म २ कराेड १७ लाख ९३ हजार जना संक्रमितमध्ये २ कराेड ९ लाख ८६ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।
तर पछिल्लाे २४ घण्टामा सबैभन्दा धेरै रसियामा १ हजार ६३ जनाकाे मृत्यु भएकाे छ भने ३९ हजार संक्रमित भएका छन् ।
नेपालमा भाइरस संक्रमित ८ लाख ११ हजार ८९७ जना पुगेका छन् भने ७ लाख ९० हजार ३५८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ११ हजार ३८८ पुगेको छ भने १० हजार १५१ जना उपचाररत छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हरियाली बाटाेमा शेयरबजार, लगानीकर्तामा थपियाे उत्साह
- साउने संक्रान्ति : लुतो फ्याँक्ने चलन, किन फालिन्छ लुतो नयाँ पुस्तालाई थाहै छैन्
- बिर्सनुभयाे कि -बीपी राजमार्गमा आजदेखि राति १२ घण्टा यातायात सञ्चालन नहुने
- आर्थिक वर्षकाे अन्तिम दिन नेप्से परिसूचक २८ सय नजिक, काराेबार रकममा वृद्धि
- बैंकहरूले साउन महिनाका लागि घटाए ब्याज दर, बैंकमा पैसा थुप्रियाे
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस