गाउँ सहर

अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परि ज्यान गुमाउनेकाे सङ्ख्या ४८ पुग्याे

काठमाडौँ । तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।

गृह मन्त्रालयका अनुसार ११ जिल्लामा बाढीपहिरोका कारण ४८ जनाको मृत्यु भएको हो । त्यस्तै ३१ जना बेपत्ता भएका छन् भने २३ जना घाइते भएका छन् ।

गृहका अनुसार बाढीपहिरोका कारण कालिकोटमा एक, बैतडीमा चार, डडेरधुरामा एक, डोटीमा नौ, हुम्लामा छ, प्यूठानमा एक, धनकुटामा छ, सुनसरीमा दुई, पाँचथरमा छ, इलाममा ११ र उदयपुरमा एक जनाको मृत्यु भएको छ । बाढीपहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ ।

यता जल तथा मौसम पूर्वानुमान महाशाखाले भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको जनाएको छ ।

त्यस्तै महाशाखाले प्रदेश १, प्रदेश २ बाग्मती प्रदेश र गण्डकी प्रदेशका नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशहरूमा पूर्ण बदली र बाँकी भू–भागहरूमामा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक–दई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेका कारण सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत