अविरल वर्षाका कारण प्रदेश १ का विभिन्न जिल्लामा धानबालीमा क्षति, जनजीवन प्रभावित
- गाउँ सहर संवाददाता
- २ कार्तिक मंगलबार, २०७८ | १४:५४:०० मा प्रकाशित

झापा । अविरल वर्षाका कारण प्रदेश १ का विभिन्न जिल्लामा पाक्ने बेला भएको धानबालीमा क्षति पुगेको छ । खाेलानाला भरिएका छन् । दैनिक काम प्रभावित भएकाे छ भने जनजीवन असहज भएकाे छ ।
विराटनगर १ स्थित कृषि विकास निर्देशनालयका अनुसार आइतबार बेलुकाको हावापानी र सोमबार रातिदेखि परेको अविरल वर्षाले धानखेती प्रभावित भएको छ ।
बाली पाक्ने बेलामा भएकाे वर्षाले कति क्षति गर्याे, त्यसकाे पूर्ण तथ्यांक ननिस्किएकाे निर्देशनालयले जनाएकाे छ । उसका अनुसार- वर्षा जारी छ ।
यता माैसम विभागले पनि आज २०७८ कार्तिक ०२ गते मंगलवार, दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरु तथा प्रदेश २ का थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेशका केही र प्रदेश १, लुम्बिनी, कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको बताएकाे छ ।
यस्तै राति देशभर सामान्य देखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ ।
प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानहरू गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन चट्याङ्ग भारी वर्षाको समेत सम्भावना रहेको समेत विभागले बताइसकेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस