अविरल वर्षाका कारण प्रदेश १ का विभिन्न जिल्लामा धानबालीमा क्षति, जनजीवन प्रभावित
- गाउँ सहर संवाददाता
- २ कार्तिक मंगलबार, २०७८ | १४:५४:०० मा प्रकाशित
झापा । अविरल वर्षाका कारण प्रदेश १ का विभिन्न जिल्लामा पाक्ने बेला भएको धानबालीमा क्षति पुगेको छ । खाेलानाला भरिएका छन् । दैनिक काम प्रभावित भएकाे छ भने जनजीवन असहज भएकाे छ ।
विराटनगर १ स्थित कृषि विकास निर्देशनालयका अनुसार आइतबार बेलुकाको हावापानी र सोमबार रातिदेखि परेको अविरल वर्षाले धानखेती प्रभावित भएको छ ।
बाली पाक्ने बेलामा भएकाे वर्षाले कति क्षति गर्याे, त्यसकाे पूर्ण तथ्यांक ननिस्किएकाे निर्देशनालयले जनाएकाे छ । उसका अनुसार- वर्षा जारी छ ।
यता माैसम विभागले पनि आज २०७८ कार्तिक ०२ गते मंगलवार, दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरु तथा प्रदेश २ का थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेशका केही र प्रदेश १, लुम्बिनी, कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको बताएकाे छ ।
यस्तै राति देशभर सामान्य देखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ ।
प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थानहरू गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन चट्याङ्ग भारी वर्षाको समेत सम्भावना रहेको समेत विभागले बताइसकेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
- ‘जय नेपाल पार्टी’ घोषणाको तयारी, दुर्गा सर्वोच्च नेता, धवल अध्यक्ष
- सरकारको असफलताबारे यस्तो छ कांग्रेसको १५ बुँदा
- एआई नअपनाए विकासशील देश पछि पर्ने विश्व बैङ्कको चेतावनी
प्रतिकृया दिनुहोस