साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा गर्दै
- गाउँ सहर संवाददाता
- २४ असोज आइतबार, २०७८ | ०९:३३:०० मा प्रकाशित

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
नेपालले भारतविरुद्ध माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार राति ९ः४५ बजे खेल्नेछ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्ध खेल्दा उनीहरूलाई सम्मान गर्ने तर डराएर नखेल्ने बताएका छन् ।
नेपाल पहिलो दुई खेल जितेर ६ अंकका साथ शीर्ष स्थानमा छ । दुई खेलबाट दुई अंक जोडेको भारत चौथो स्थानमा छ । भारतलाई अब फाइनलमा स्थान बनाउन बाँकी खेल जित्नैपर्ने दबाब छ ।
भारतले सबैभन्दा धेरै सातपटक प्रतियोगिताको उपाधि जितिसकेको छ । यस संस्करणमा पनि भारत उपाधिको प्रमुख दाबेदार हो । तर, पहिलो दुई खेलमा अप्रत्यासित नतिजा आएपछि भारत दबाबमा छ ।
नेपालका प्रशिक्षक अल्मुताइरीले आजको खेलमा भारतलाई हराउने नेपालको सम्भावना एक प्रतिशत मात्र रहेको बताएका छन् ।
'भारतविरुद्धको खेलका लागि राम्रो तयारी गरेका छौँ । भारतविरुद्धको खेल कठीन छ । हामी चरणबद्ध अघि बढी रहेका छौँ । हामीले दुई चरण पार गरिसकेका छौँ,' कप्तान किरणले प्रि-म्याच कन्फरेन्समा भने, 'लक्ष्य पूरा गर्नका लागि अर्को चरण रहेको छ । हामी जित्नका लागि ९० मिनेटसम्म प्रतिस्पर्धा गर्छौं ।'
यसअघिका भारतसँगका २१ खेलमा नेपाल १४ मा हार, ५ मा जित र २ खेल बराबरीमा सकिएका थिए ।
पछिल्लो पटक नेपालले भदौमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा नेपालले एक खेल बराबरी खेल्दा एक खेलमा हार व्यहोरेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस